कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

सम्बन्धित सामग्री

आठ कम्पनीको १८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर एकै पटक लिलामीमा

काठमाडौं । चार वाणिज्य बैंकसहित आठ कम्पनीको १८ लाख २३ हजार ४६० कित्ता संस्थापक शेयर पुस ११ गतेदेखि लिलामीमा आएको छ । प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आइसिएफसि फाइनान्स, नेपाल लाइफ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन लाइफ इन्स्योरेन्स, कुमारी बैंक र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा आएको हो । यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले पुस १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । प्रभु बैंकले ६८ हजार ७२९ कित्ता संस्थापक शेयर प्रतिशेयर ११० रुपैयाँमा विक्रीमा ल्याएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २ लाख ४ हजार ५३७ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँमा, आइसिएफसि फाइनान्सले १ लाख ९३ हजार २२८ कित्ता शेयर प्रतिकित्ता १७५ रुपैयाँमा, नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता शेयर प्रतिकित्ता ३२५ रुपैयाँमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ९ हजार ६७८ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँमा, हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख २४ हजार ८३३ कित्ता शेयर प्रतिकित्ता २०० रुपैयाँमा, कुमारी बैंकले ५ लाख ४९ हजार ६२६ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ र प्राइम कमर्सियल बैंकले ४९ हजार ७१७ कित्ता शेयर प्रतिकित्ता ११० रुपैयाँमा विक्रीमा ल्याएको हो । प्रभु बैंक, प्राइम कमर्सियल बैंक र शाइन रेसुङ्गाको शेयर खरीदका लागि न्यूनतम ५ हजार कित्ता र कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम २५ हजार कित्ता खरीद माग गर्न सकिनेछ । अघिकतम कित्ताका लागि सीमा तोकिएको छैन । बाँकी चार कम्पनीको शेयर खरीदका लागि भने न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले पुस ११ गतेपछि सार्वजनिक हुने लाभांश र हकप्रद शेयर प्राप्त गर्नेछन् । यी शेयर विक्री प्रबन्धकहरूमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री, क-कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको  छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर आज जेठ ८ गतेदेखि विक्री खुला गरेको हो । यो लिलामी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य रू. ११० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।  संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र अर्थात् असार १० गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  यसका लागि संस्थापक शेयरधनीहरूले काठमाडौं नक्सालस्थित बिओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

सिद्धार्थ बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर आजबाट लिलामीमा ल्याएको छ । बैंकले आत्मा कुमार श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र शकुन्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

कुमारी बैंकको ७ हजार ८८१ कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ८८१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी माघ १५ गते ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले बताएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

जेठ १३, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. २०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  बोलपत्र असार १ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा

जेठ ६, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. २०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार १ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर फागुन ३० गतेदेखि लिलामीमा

फागुन २३, काठमाडौं । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर फागुन ३० गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत १४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. २५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा

फागुन ४, काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ । बैंकको १० हजार ७९६ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना बुधवार जारी गरेको हो ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।  इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

कुमारी बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

पुस १९, काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार १०३ कित्ता संस्थापक शेयर आज (सोमवार)देखि लिलामीमा ल्याएको छ ।  रिता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।