सिद्धार्थ बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर आजबाट लिलामीमा ल्याएको छ । बैंकले आत्मा कुमार श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र शकुन्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।   

सम्बन्धित सामग्री

सिद्धार्थ बैंक र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीदका लागि सम्बन्धित कम्पनीहरूका संस्थापक शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रीय कार्यालयमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।  उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।  तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले जनाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

दुई कम्पनीको ४ लाख ३१ हजार संस्थापक शेयर विक्रीमा

काठमाडौं । आइतवार दुई कम्पनीले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । सिद्धार्थ बैंक र प्रोग्रेसिभ फाइनान्सको कुल ४ लाख ३१ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी दुवै कम्पनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएका हुन् ।  कुल कित्ता शेयरमध्ये प्रोग्रेसिभ फाइनान्सको ३ लाख ४१ हजार ६४७ कित्ता रहेको छ भने सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता रहेको छ । प्रोग्रेसिभ फाइनान्सले चैत २५ गते सूचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनेको हो । प्रोग्रेसिभ फाइनान्सको उल्लिखित कित्ता शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । सिद्धार्थ बैंकले पनि चैत २६ गते सूचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा पेश गर्न भनेको छ । दुवै कम्पनीले शेयरको मूल्य भने तोकेका छैनन् । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी दुवै कम्पनीले दिएका छन् ।

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा खुला

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो । यसअघि कम्पनीले पुस २७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न ३५ दिने सूचना जारी गरेको थियो ।  उक्त शेयर खरीदका लागि आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।