फागुन २३, काठमाडौं । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर फागुन ३० गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत १४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू. २५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।