पुस १९, काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार १०३ कित्ता संस्थापक शेयर आज (सोमवार)देखि लिलामीमा ल्याएको छ ।
रिता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।