ठेक्का लिएको स्थानीय तहबाहेकमा ठेकेदारले उम्मेदवार बन्न पाउने

सर्वोच्च अदालतले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको हो । दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई मात्रै उम्मेदवार बन्नसक्ने उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन

सम्बन्धित सामग्री

‘रवी लामिछाने उम्मेदवार बन्न पाउने कि नपाउने भनेर अदालतले व्याख्या गर्नुपर्छ’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताएका छन्।...

२०५१ फागुन २८ पछि जन्मिएकाले मात्रै स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धी निर्देशिका तयार गरेको छ । निर्देशिका अनुसार २०५१ साल फागुन २८ गते पछि जन्मेका विद्यार्थीले उम्मेदवारी दिन पाउने छन् । उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्थाले गर्दा त्यसअघि जन्मिएका विद्यार्थीले उम्मेदवार दिन नपाउने भएको हो । […]

सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने भयो : बस्नेत

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतले प्रतिनिधिसभा आफ्नो पाटीले पाउने सहमति भएको बताएका छन् । यसअघि निर्वाचित बस्नेतले नेकपा एकीकृत समाजवादीले दाबी गरेपनि अन्तिममा प्रतिनिधिसभामा माओवादीले पाउने सहमती भएको दाबी गरे । ‘सल्यान संघमा एकीकृत समाजवादीले पाउनुपर्छ भन्दै दाबी गरेको थियो । अन्तिममा खारेज भएको छ । माओवादीले पाउने सहमति भयो’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘अब पार्टीबाट संघमा मेरो र रमेश मल्लको नाम सिफारिस भएको छ । पार्टीले निर्णय गरेर उम

आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति उम्मेदवार बन्न पाउने

काठमाडौँ– सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनसक्ने आदेश दिएको छ। गत चैत १६ गते आयोगले उम्मेदवार हुन ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो। आयोगको उक्त निर्णयले ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन भएको दाबी […]

आफ्नो स्थानीय निकायबाहेकमा ठेक्कापट्टा गर्ने उम्मेदवार बन्न पाउने

काठमाडौं, ७ वैशाख । सर्वोच्च अदालतले ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न रोक लगाउने फैसला सुनाएको छ । तर, ठेक्कापट्टा आफ्नो स्थानीय निकायबाहेक अन्यत्र गरेको भए उम्मेदवार बन्न पाउने गरी व्याख्या गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यादव श्रेष्ठले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा यस्तो फैसला सुनाएको हो । आयोगको ठेक्कापट्टा गर्ने उम्मेदवार हुन […]

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्णयमा अन्तरिम आदेश

काठमाण्डाै – स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट निवेदनमाथि आज मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले पक्ष र विपक्षी दुवैलाई छलफलका लागि यही चैत १३ गते इजलासमा बोलाएको छ । आउँदो वैशाख ३० गते हुने स्...

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि माथिल्लो पदमा उठ्न पाइने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिजो (सोमबार) पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्। काँग्रेस निर्वाचन निर्देशिकामा एक […]