भारतमा तीन नयाँ कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन जारी छ ।
बलिउडका कतिपय कलाकारले यस विषयमा खुलेर राय दिएका छन् भने कतिपयले केही बोलेका छैनन् ।
मंगलवार किसान आन्दोलनका एक समर्थकले बलिउड अभिनेता अजय देवगणको कार रोकेर यस विषयमा किन मौन बसेको भन्दै प्रश्न गरेका छन् ।
मंगलवार बिहान लगभग साढे ८ बजे अजय फिल्मको शूटिङका लागि फिल्मसिटी गइरहेका थिए । फिल्मसिटीको गेटमा पुग्नै लाग्दा एक व्यक्तिले उनको कार रोके र सोधे, ‘किसानहरूले आन्दोलन गरेको १०० दिनभन्दा बढी भइसकेको छ । उनीहरूको समर्थन...