समस्याको समाधान कोशी सरकारले गर्नुपर्छ : इन्द्र आङ्बो

विराटनगर : कोशी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।आइतबार प्रदेशसभा बैठकमा उनले संघीय सरकारलाई देखाएर कोशी सरकार उम्कन नमिल्ने बताएका हुन्। उनले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोपसमेत लगाए।यता, नेकपा एमालेले नामकरणपछि देखिएको समस्याको समाधान भने संघीय सरकारले गर्नुपर्ने बताएको छ। अहिले ढुंगा हान्ने साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार रहेको बताउ

सम्बन्धित सामग्री

गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो

काठमाडौँ– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्। कोशीका मुख्यमन्त्री बन्न असफल आङ्बोले एक वक्तव्य जारी गरी आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा […]

कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै

विराटनगर- कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ । खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएका थिए । हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका […]

विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो  हाल्यो : इन्द्र आङ्बो

विराटनगर : कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।उनले एमालेले संसद् विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।संसदभित्रबाट बकाइदा विश्वासको मत लिने र संसद् विघटन गर्न नखोजिएको बताउँदै उनले   सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको? भन्दै प्रश्न गरे।‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहि

पहिचान पक्षधरबाट ताप्लेजुङमा लखेटिए सांसद इन्द्र आङ्बो

काठमाडौं : कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन्। मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका हुन्।कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।उक्त भिडियोमा उनको ज्यान मार्ने धम्कीसमेत दिएको सुनि

प्रदेश १ः माओवादी संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन

मोरङ – नेकपा माओवादी केन्द्रले प्रदेश १ संसदीय दलको नेतामा  इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ। मंगलबार विराटनगरमा सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले आङ्बोलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले जानकारी दिए। माओवादीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। अघिल्लो पटक एमाले नेतृत्वमा सरकार बनिसकेको […]

पाँचथर 'ख' बाट इन्द्र आङ्बो निर्वाचित

पाँचथर 'ख' बाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो निर्वाचित भएका छन् ।

काँग्रेस सांसदले गठबन्धन चाहिँदैन भन्दा एमालेको ताली

प्रदेश १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ज्योति सुब्बाले अहिलेकै अवस्था हुने हो भने गठबन्धनको औचित्य नहुने भन्दै रोष व्यक्त गरेकी छिन् । उनले मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो आफूखुसी चलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । ‘मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी किन मन्त्रीमण्डल किन बनाको ? हामीलाई यस्तो गठबन्धन सरकार चाहिएको छैन,’ उनले भनिन्, ‘नेपाली काँग्रेस झोले हो ? हाम्रो पनि इज्जत हुनुपर

प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

काठमाडौँ । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् । साथै उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् । आङ्बोले लेखेका छन्, संघीयता प्रति चौतर्फी प्रहार भइर

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्र आङ्बो

विराटनगर : प्रदेश १ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन्। दलको आज (सोमबार) बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई दलको नेता चयन गरेको हो। सोही बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन्। तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ 'ख' बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थि