काँग्रेस सांसदले गठबन्धन चाहिँदैन भन्दा एमालेको ताली

प्रदेश १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ज्योति सुब्बाले अहिलेकै अवस्था हुने हो भने गठबन्धनको औचित्य नहुने भन्दै रोष व्यक्त गरेकी छिन् । उनले मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो आफूखुसी चलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । ‘मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी किन मन्त्रीमण्डल किन बनाको ? हामीलाई यस्तो गठबन्धन सरकार चाहिएको छैन,’ उनले भनिन्, ‘नेपाली काँग्रेस झोले हो ? हाम्रो पनि इज्जत हुनुपर