प्रदेश १ः माओवादी संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन

मोरङ – नेकपा माओवादी केन्द्रले प्रदेश १ संसदीय दलको नेतामा  इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ। मंगलबार विराटनगरमा सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले आङ्बोलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले जानकारी दिए। माओवादीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। अघिल्लो पटक एमाले नेतृत्वमा सरकार बनिसकेको […]