पहिचान पक्षधरबाट ताप्लेजुङमा लखेटिए सांसद इन्द्र आङ्बो

काठमाडौं : कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन्। मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका हुन्।कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।उक्त भिडियोमा उनको ज्यान मार्ने धम्कीसमेत दिएको सुनि