प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

काठमाडौँ । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् । साथै उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् । आङ्बोले लेखेका छन्, संघीयता प्रति चौतर्फी प्रहार भइर

सम्बन्धित सामग्री

प्रदेश १ः माओवादी संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन

मोरङ – नेकपा माओवादी केन्द्रले प्रदेश १ संसदीय दलको नेतामा  इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ। मंगलबार विराटनगरमा सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले आङ्बोलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले जानकारी दिए। माओवादीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। अघिल्लो पटक एमाले नेतृत्वमा सरकार बनिसकेको […]

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो विजयी

विराटनगर । पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । उनले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरिरहेका उनले १५६७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए । आङ्बोले मुख्यमन्त्री बन्ने भन्दै मागेका थिए । अहिले उनी प्रदेश १ सरकारका […]

काँग्रेस सांसदले गठबन्धन चाहिँदैन भन्दा एमालेको ताली

प्रदेश १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ज्योति सुब्बाले अहिलेकै अवस्था हुने हो भने गठबन्धनको औचित्य नहुने भन्दै रोष व्यक्त गरेकी छिन् । उनले मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो आफूखुसी चलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । ‘मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी किन मन्त्रीमण्डल किन बनाको ? हामीलाई यस्तो गठबन्धन सरकार चाहिएको छैन,’ उनले भनिन्, ‘नेपाली काँग्रेस झोले हो ? हाम्रो पनि इज्जत हुनुपर

प्रदेश १ को खर्च कटौती

विराटनगर (अस) । प्रदेश १ को सदनभित्र बजेट आइरहँदा फजुल खर्चका विषयमा सबैभन्दा जोडदार आवाज उठाउने दुई नेता थिए– राजेन्द्र राई र इन्द्रबहादुर आङ्बो । अहिले तिनै राजेन्द्र राई मुख्यमन्त्री र इन्द्र आङ्बो आर्थिक मामिलामन्त्री बनेका छन् । दुवैले शपथ ग्रहणपछि बजेट संशोधन हुने बताउँदै आएका छन् । ‘फजुल खर्चहरू कटौती हुनेछन्,’ आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भने, ‘अत्यावश्यक बाहेक जथाभावी विनियोजित बजेट पुनरवलोकन गरिनेछ ।’ स्रोत अभावको सकस खेपेको प्रदेश १ सरकारले यसपटक फजुल खर्च रोक्न भोज, मनोरञ्जन, धार्मिक यज्ञ लगायत कार्यक्रम कटौती गर्न लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको छ । अघिल्लो सरकारले भोज, मनोरञ्जन, धार्मिक यज्ञलगायतका कार्यक्रम शीर्षकमा मात्रै ४० करोडभन्दा बढी रकम विनियोजन गरेको छ । सवारीसाधन खरीदका लागि छुट्याइएको १ अर्ब १ करोड बजेट पनि परिमार्जन गर्ने सरकारको तयारी छ । यस्तै विभिन्न तालीमका नाममा छुट्याइएको ३६ करोड रुपैयाँ फजुल खर्च भएको निष्कर्ष निकाल्दै त्यस्ता कार्यक्रम कटौती गरिने मन्त्रालयले बताएको छ । कार्यकर्ता पोस्नेगरी ल्याइएको ‘म अघि बढ्छु’ कार्यक्रम पनि सरकारले खारेज गर्ने भएको छ । अघिल्लो सरकारले सो कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरेको थियो । नेताहरूको नाममा पार्क बनाउने भनेर विनियोजन गरेको बजेट पनि कटौती गर्ने तयारी रहेको बताइएको छ । यो कार्यक्रममा ५ करोड विनियोजन छ । प्रदेशभित्र राजनेता पार्क स्थापना गर्न थप एक करोड विनियोजन गरिएकोमा त्यो कार्यक्रम पनि खारेज हुने भएको छ । शेरधन राई नेतृत्वको सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो चौमासिक अवधिमा प्रदेशको कुल बजेटमध्ये १६ दशमलव ५ प्रतिशत खर्च भइसकेको मन्त्रालयले बताएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान, राजस्व, रोयल्टी बाँडफाट तथा आन्तरिक गरी सबै स्रोतबाट प्रदेशसँग ३० अर्बदेखि ३१ अर्ब हाराहारीको निश्चित स्रोत छ, जसमध्ये करीब २२ अर्बभन्दा बढी रकम बहुवर्षीय र स्रोत सुनिश्चित भइसकेका आयोजनालाई नै भुक्तानी गर्नुपर्ने बाध्यात्मक अवस्था सरकारलाई छ ।

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्र आङ्बो

विराटनगर : प्रदेश १ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन्। दलको आज (सोमबार) बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई दलको नेता चयन गरेको हो। सोही बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन्। तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ 'ख' बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थि

प्रदेश १ को समृद्धिका लागि कृषिलाई प्राथमिकता : मन्त्री आङ्बो

प्रदेश १ को समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो