कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरू नेकपा एमालेकी सीता सुन्दास, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनुभएकाे हाे ।
मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा हिजाे साेमवार दाबी पेस गर्नुभएकाे थ...