गण्डकी प्रदेश : कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार

गण्डकी प्रदेश सरकारले प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका हुन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा कोभिडबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण समेत सुरु गरिएको छ । प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,