कास्की – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीलाई साथ दिएका कारण आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा तीन सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरे...