कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...