काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।
आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।&n...