काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले सरकारले परराष्ट्र नीति उल्लंघन गरे देश विरुद्धको अपराध हुने आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामीले केही समय अगाडि राष्टिय सुरक्षा नीति राजपत्रमा प्रकाशित भयो। राष्ट्रिय सुरक्षा नीतिको कुरा गर्नासाथ यो सरकार तर्सिन्छ कि क्या हो।’सांसद रावलले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको अतिक्रमणमा पर्दासमेत सरकार चुइँक्क बोल्न नसकेको आरोप लगाए। ‘सरकार थरथर कामेर बसेको छ। जनताबाट निर्वाचित व्यक्ति प्रधानम