नेपाल कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने प्रश्नै उठ्दैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने प्रश्नै नउठ्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कसरी संरक्षण र सम्बर्द्धन गर्ने भन्नेमा सरकार सचेत र जानकार रहेको बताए ।उनले वैदेशिक सहायता स्वीकार गर्दा, कुनै विषयमा दुई पक्षीय सहकार्य गर्दा मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राख्दै आएको चर्चा गर्दै असंलग्न परराष्ट्र नीति अंगीक

सम्बन्धित सामग्री

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा […]

एसपीपीमा सहमति हुँदैन, यसको च्याप्टर सकियो : परराष्ट्रमन्त्री खड्का

काठमाण्डाै - परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा नरहेकाले यस विषयमाथि अब थप छलफल गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले  नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लाेज भइसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पार्नु भएको छ ...

एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको 'च्याप्टर क्लोज' भएको बताएका हुन् ।उनले भने, 'स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।' नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि