३ पुस, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा वान एक्स बेट नामक एप्लिकेशनमार्फत नेपालबाट करोडौंको सट्टेबाजी भएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानका क्रममा भक्तपुरका सुनिल चौगुठी र अजय भेलेले मात्रै कम्तीमा ३ करोड रुपैयाँको कारोबार गरेको देखिएको हो । कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार चौगुठीको २५ वटा बैंक खाता भएकामा […]