विश्वकप फुटबलमा २ करोड रुपैयाँभन्दा बढीको सट्टेबाजी गराउने पक्राउ

विश्वभरका खेलप्रेमीहरुको ध्यान तानिरहेको कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजनालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । समाचार अनुसार ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौं २ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरिएको हो । सट्टेबाजीको एजेन्टका रुपमा काम गरिरहेको …

सम्बन्धित सामग्री

इन्जिनियरिङका विद्यार्थी सट्टेबाजका ‘एजेन्ट’

ललितपुरको सानेपा घर भएका आदर्श ठाकुर सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । २० वर्षीय ठाकुर पोखरामा इन्जिनियरिङ पढ्दै छन् । कतारमा भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा उनलाई मंसिर २६ मा प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाका अनुसार फुटबलमा सट्टेबाजी गराएर ठाकुरले २ करोड २ लाख ८४ हजार रकम कारोबार गरेको भेटिएको छ । ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–१ का स्थानीय हुन् । उनको परिवारका अधिकांश सदस्य इन्जिनियरिङ पेसामा छन् ।