लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘गहना’ ३२ मिनेट लामो रहेको छ । एक जोडी पति पत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । ‘गहना’ माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा देखाउन खोजिएको निर्देशक सुवेदीले बताए । ‘गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै