नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जातप्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ । भिडियो