जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता हुने

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता  घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जातप्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ ।  भिडियो

सम्बन्धित सामग्री

कानून मन्त्रालय र युएनडीपीले छाने जातीय विभेदविरुद्ध बनेका २० छोटा फिल्म

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी)सँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० प्रतिस्पर्धी छनौट गरेको छ । समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनौट गरेको […]

लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनोट

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनौट भएको छ ।६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्म प्रारम्भिक चरणको छनौटमा परेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए । पराजुलीका अनुसार प्रतियोगिताका लागि प्राप्त ५६ फिल्मबाट २० छनौट गरिएको हो ।निर्देशक समाज र युनडीपीले जात प्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मि

जातीय विभेदविरुद्ध बनेका २० फिल्म सर्ट लिस्ट

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनौट गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनौट गरेको हो । निर्देशक […] The post जातीय विभेदविरुद्ध बनेका २० फिल्म सर्ट लिस्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने

समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ । निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको फिल्म रवि कोइरालाले छायाँकन गर्दैछन् । फिल्मको छायाँकन झापा र चितवनमा हुने निर्देशक बरालले बताए ।