राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले राजनीतिक भेटघाट बाक्लो बनाएका छन् । सभापति रवि लामिछानेको मुद्दामा छलफल गर्न अर्यालले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई भेट गरेका छन् । उपसभापति अर्याल दिउँसो सडकमा लामिछानेको बचाउ र सरकारको विरोधमा आन्दोलन गर्ने र साँझ भने सरकारी अधिकारीलाई भेट गरिरहेका छन् । उपसभापति अर्यालले आइतबार सभापति...