काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले सिट बाँडफाँटको विषयले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्। कांग्रेसमा आवद्ध नेपाल तरूण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन तोडिए वाम गठबन्धन बन्नसक्ने आंकलन गरेका हुन्। उनले भने, ‘हामीले कुनै हालतमा गठबन्धन तोड्न दिनुहुँदैन। सत्ता गठबन्धन टुटे अर्को गठबन्धन बन्नबाट रोक्न सकिँदैन। त्यसपछि कति सिट जित्छौँ। तपाईंहरू आंकलन गर्नुहोस्।’ गठबन्धनकै आडमा स्था