भारतले इपीजी प्रतिवेदन नबुझेको प्रति प्रधानमन्त्री असन्तुष्ट, भने– पुराना सन्धी–सम्झौताअनुसार अघि बढ्न सकिँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले दुई देशका प्रवुद्ध व्यक्ति समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नबुझेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। सन् १९५०को लगायतका सन्धीसम्झौता पुनरावलोकन गर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ। तर तयार भएको वर्षौं बित्दा पनि भारतले प्रतिवेदन बुझ्न मानेको छैन। “तत्कालिन शक्ति सन्तुलनअनुसार सन्धी भए। सोही अनुसार अहिले अघि जान सकिँदैन। सम्बन्ध र सम्झौताहरु समयअनुसार अद्यावधिक गर्नुपर्छ,”उनले भने।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री भन्छन्- इपीजी प्रतिवेदन र सीमाका विषय फरक हुन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । यो उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने नेपाल सरकारको विश्वास छ । प्रधानमन्त्रीको भारत […]

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।  ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । […]

इपीजी प्रतिवेदन: ‘असन्तुष्टिका कारण नबुझेको होइन’

भारतीय प्रधानमन्त्रीले इपीजीको प्रतिवेदन त्यसप्रतिको असन्तुष्टिका कारण नबुझेको भन्ने चर्चालाई भारतीय पक्षका एक सदस्य महेन्द्र पी लामाले ‘अडकल’ को रूपमा अर्थ्याए।