अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिवद्ध रहेको भन्दै अदालतको निर्णयको सम्मान गरिने बताएको छ । बिहिबार साँझ अख्तियारका प्रवक्ता (सह–सचिव) श्याम प्रसाद भण्डारीले विज्ञप्ति जारी गरेर भनेका छन्–‘सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पना पनि गर्न सकिँदैन ।’ कार्तिक २२ मा आयोगले पत्रकार सम्मेलन गरेर विशेष अदालतमा आयोगले दायर गरेको मुद्दामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाबारे जानकारी गराएको थियो । कार्तिक