वित्तीय अपराधका नयाँ र अनौठा उपाय: कहिल्यै लुकाउन सकिँदैन अपराध कर्म

इटालीको प्रहरीले करीब डेढ वर्षअघि ४२ जना व्यक्तिलाई हुँदै नभएको काल्पनिक देशको नागरिकता बेचेको अपराधमा पक्राउ गर्‍यो । उनीहरूले अन्टार्टिकामा हुँदै नभएको ‘अन्टार्टिक थियोक्राटिक सोभरेन स्टेट अफ सेन्ट जर्ज’ नामको काल्पनिक करमुक्त देश खडा गरी करीब ७०० जनालाई कथित देशको ‘नागरिक’ बनाएर अवैध रूपमा आर्जित रकम छिमेकी मुलुक माल्टामा पठाएर द्रव्य शोधन गर्ने गरेका रहेछन् । अपराधीहरूको समूहले त्यसका लागि छद्म देशका विभिन्न मन्त्रालयको नक्कली वेबसाइट बनाई एउटा सार्वभौम राष्ट्रमा हुने अदालत, प्रहरी, राष्ट्र तथा सरकार प्रमुख, मन्त्रालय तथा मन्त्रीहरू मात्र होइन, आधिकारिकजस्ता देखिने दस्तावेज पनि नक्कली बनाएर उक्त कथित देश साँच्चै नै अस्तित्वमा रहेको भ्रम सृजना गरेका रहेछन् । त्यति मात्र होइन, अवैध काल्पनिक देशको काल्पनिक नागरिकताको आधारमा बैंकमा खाता खोल्नसमेत उनीहरू सफल भइसकेका रहेछन् । करमुक्त देशको नागरिकका रूपमा बैंकमा खातासमेत खोली अवैध तरीकाले आर्जित रकम छिमेकी माल्टामा रकमान्तर गरेर उनीहरूले वित्तीय अपराध गर्ने गरेको तथ्य बाहिर आएपछि इटालीका प्रहरी अधिकारीहरूका लागि यो विषय रोमाञ्चक बनेको थियो । अझ रोचक कुरा त के छ भने यस्तो नक्कली राष्ट्र खडा गर्ने समूहका नाइके इटालीकै वित्तीय प्रहरी विभागका पूर्व उच्च पदस्थ व्यक्ति मारिओ फर्नेसी थिए । संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा वर्षेनि करीब २ खर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध हुने गरेको छ र एशिया प्यासिफिक क्षेत्रका वित्तीय संस्थाहरूले मात्र यस्तो अपराध नियन्त्रणका लागि सन् २०२३ मा ४५ अर्ब डलर खर्च गरेका छन् ।  यस्तै वित्तीय अपराधका अनौठा घटनाको चर्चा गर्दा सबैभन्दा अग्रपंक्तिमा कोलम्बियाका पाब्लो एस्कोबारको नाम आउँछ । उनका बारेमा एउटा निकै नै प्रसिद्ध कथन छ– पाब्लोले आफूसँग भएको पैसालाई बिटो पार्न मात्र प्रतिहप्ता एक हजार डलरको त रबर ब्यान्ड मात्र खरीद गर्ने गर्दथे । लागू पदार्थको व्यापारमा बादशाह मानिएका उनी व्यक्तिगत रूपमा अहिलेसम्मकै सबैभन्दा नाम कहलिएका वित्तीय अपराधी मानिन्छन् । एक समय विश्व कोकिन बजारको ८० प्रतिशत अंश नै पाब्लोको नियन्त्रणमा थियो भनिन्छ । किनभने उनको अपराधको मुख्य क्षेत्र नै लागूपदार्थ थियो । यही अवैध आपराधिक व्यवसायबाट उनले आफ्नो साम्राज्य खडा गरेका थिए । सन् १९८९ मा नै उनको सम्पत्ति ९ अर्ब डलरभन्दा बढी भएर तत्कालीन अवस्थामा उनी विश्वका सातौं धनी व्यक्तिका रूपमा रहेका थिए । ‘मनि लाउन्डरिङ’ शब्दको उत्पत्तिकर्ता मानिएका वित्तीय अपराधी अल कपोन पनि रेस्टुराँ, रात्रि क्लब, ब्रुअरीजस्ता वैधानिक तरीकाले सञ्चालित आफ्नै व्यवसायमा आफूले अन्यत्र र अझ लागू पदार्थको कारोबारबाट अवैध तरीकाले आर्जन गरेको रकम मिसाएर धुल्याउन पोख्त थिए । सन् १९८० भन्दा अघिसम्म अमेरिकामा पनि मनी लाउन्डरिङलाई वैधानिक तरीकाले परिभाषित नगरिएको र यस्ता अपराधलाई कर छलीअन्तर्गत कानूनी कठघरामा ल्याइने परिपाटी भएको भए पनि कपोनले गरेको कृत्यमार्फत सन् १९२० मै १ अर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध भएको पत्ता लागेपछि यसरी गरिने अवैध द्रव्यशोधनलाई मनि लाउन्डरिङ भन्न थालिएको थियो । सिकागोका ग्यांगस्टरलाई अमेरिकाको इतिहासमा सबैभन्दा खतरनाक वित्तीय अपराधी मानिन्छ ।  सुन जस्ता बहुमूल्य धातुको माध्यमबाट द्रव्यशोधन भएको त हामी सबैले सुनेकै हो । तर, लुगा धुने पाउडर र चिज तथा आइस क्रिम जस्ता खाद्य पदार्थको माध्यमबाट समेत द्रव्यशोधनजस्तो वित्तीय अपराध हुने कुरा चाहिँ अचम्मलाग्दा छन् । अमेरिकामा निकै नै प्रसिद्धि कमाएको लुगा धुने पाउडर टाइडलाई भुक्तानीको माध्यम बनाएर लागू पदार्थ किनबेच हुने गरेको कुरा थाहा पाउनुअगाडि त्यो पाउडरको प्रयोग गरेर लागू पदार्थ नै उत्पादन गरिने आशंका गरिन्थ्यो । तर, सबैलाई आवश्यक पर्ने यो पाउडरलाई नै लागू पदार्थ किन्नका लागि विनिमयको माध्यम बनाएर त्यो पाउडरलाई वित्तीय अपराधको माध्यम बनाएको घटनाले वित्तीय अपराधका फैलँदो दायरालाई थप उजागर गरेको छ । अत्यधिक मात्रामा चोरीका घटना बढ्नुका साथै पाउडरको माग पनि निकै नै बढ्दै जान थालेपछि गरिएको अध्ययनबाट यो पाउडरलाई लागू पदार्थ कारोबारको भुक्तानीको माध्यम बनाइएको तथ्य सन् २०१२ मा पत्ता लागेको थियो ।  बेलायतको इस्टबोर्नमा एक जना अगिम टोस्का भन्ने व्यक्तिले सानो एउटा पेस्ट्री पसल खोलेर व्यवसाय प्रारम्भ गरेको देखाएर त्यसमार्फत कोकिनजस्ता लागू पदार्थ बेच्ने मात्र होइन कि यसरी लागू पदार्थको कारोबार गर्नेहरूको अवैध रकमलाई समेत आफ्नो बैंकमार्फत शोधन गर्ने गरेको कुरा पत्ता लाग्यो । बेलायतको एउटा अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार विश्वमा सबैभन्दा बढी चोरी हुने खाद्य वस्तुमा चिज पर्दो रहेछ । पछि अध्ययन गर्दै जाँदा के पत्ता लाग्यो भने यसो हुनुमा लागूपदार्थको किनबेचमा पनि विनिमयको माध्यमका रूपमा पैसाको साटो चिजको प्रयोग हुने रहेछ । इटालीको एउटा प्रसिद्ध माफियाहरूको सञ्जालका रूपमा रहेको क्यमोर्राले पनि ठूलो परिमाणमा आफ्नो अवैध रकमलाई वैधानिक रूपमा सञ्चालित कतिपय चिज उद्योगहरूमा लगानीका रूपमा परिचालन गरेको इटालीको प्रहरीले करीब ५ वर्षअघि फेला पारेको थियो । यसै कारण होला, त्यहाँ गत २ वर्षमा मात्र करीब ७० लाख डलर बराबरको चिज हराएको बताइन्छ । यसका साथै चिजको विक्री तथा उत्पादनमा समेत उल्लेख्य मात्रामा अवैध रकमको प्रयोग हुने गर्दो रहेछ । रूसमा पनि वित्तीय अपराधीहरूले यसै गरी ३ करोड डलर बराबरको चिज चोरेर लागू पदार्थको किनबेचमा प्रयोग गरेका समाचार सार्वजनिक भएको छ । चिज मात्र होइन, बेन एन्ड जेरी, ब्ल्यू बेलजस्ता महँगा प्रकारका आइस क्रिमहरू पनि लागू पदार्थ कारोबारका लागि विनिमयको माध्यम भएको पाइन्छ ।  यसै गरी ट्वाइलेट पेपरका माध्यमबाट पनि वित्तीय अपराध भएको पाइन्छ । फ्लोरिडामा यस्तै अवाञ्छित ट्वाइलेट पेपरको कारोबारमा संलग्न भई १० लाख डलर बराबरको वित्तीय अपराधमा संलग्न भएको कसूरमा सन् २०११ मा व्यवसायीलाई २० वर्षको कारावास सजाय सुनाइएको थियो । बेलायतको इस्टबोर्नमा एक जना अगिम टोस्का भन्ने व्यक्तिले सानो एउटा पेस्ट्री पसल खोलेर व्यवसाय प्रारम्भ गरेको देखाएर त्यसमार्फत कोकिनजस्ता लागू पदार्थ बेच्ने मात्र होइन कि यसरी लागू पदार्थको कारोबार गर्नेहरूको अवैध रकमलाई समेत आफ्नो बैंकमार्फत शोधन गर्ने गरेको कुरा पछि मात्र पत्ता लाग्यो ।  घरायसी सामानको विक्री गर्ने विशेष गरी अनलाइन पोर्टलहरूले पनि वित्तीय अपराधलाई मलजल गरिरहेको उदाहरणका रूपमा नेदरल्यान्ड्समा भएको भ्याकुम क्लिनरको माध्यमबाट गरिएको वित्तीय अपराधलाई लिन सकिन्छ । अवैध रकममार्फत भ्याकुम क्लिनर किनेर तिनलाई अनलाइनमार्फत बेचेर आफ्नो अवैध रकमलाई चोख्याउने गतिविधि भएको पत्ता लागेपछि गतवर्ष मात्र यो नवीन तरीका उजागर भएको थियो । कोलम्बियामा त वाशिङ मेशिन बिगारेर त्यसभित्र नगद राखेर फेरि मेशिन फिट गरी निर्यात गरेर अप्रत्यक्ष रूपमा नगदको स्थानान्तरण गरी द्रव्यशोधन गरेको अनौठो तरीका पनि सार्वजनिक भएको छ ।  विभिन्न व्यक्ति तथा आपराधिक संगठनहरूले वित्तीय अपराधका लागि अपनाएका तरीकाभन्दा भिन्न तरीकाले कतिपय देशका शासकले पनि वित्तीय अपराध गर्ने गरेको पाइन्छ । नाइजेरियाका पूर्वशासक जनरल सानी अबचाले वित्तीय अपराध गरी यूरोप तथा अन्य मुलुकमा लुकाएको अपार रकममध्ये नाइजेरिया सरकारले सन् २०१३ सम्ममा करीब साढे १ अर्ब डलर बराबरको रकम यूरोपेली मुलुकहरूबाट असुल गर्‍यो । यो रकममध्ये करीब १ तिहाई रकम स्वीस बैंकहरूबाट मात्र असुलिएको थियो ।  आफ्नो देशमा गरिएका वित्तीय अपराधबाट आर्जित रकमलाई अबचाले स्वीट्जरल्यान्डका अलावा बेलायत, जर्मनी, फ्रान्स, लक्जेमबर्गजस्ता यूरोपका अन्य मुलुकहरूमा समेत स्थानान्तरण गराएका थिए । आफ्नो शासन कालमा मात्र होइन, सन् १९९८ मा मृत्यु नहुँदासम्म पनि अबचालाई कुनै प्रकारको भ्रष्टाचारको आरोप लगाइएन जबकि उनले ५ अर्ब डलरभन्दा बढी सार्वजनिक रकम चोरी गरेको आशंका छ । विश्व बैंकको एक तथ्यांकअनुसार पारस्परिक कानूनी सहायता सम्झौता अन्तर्गत ७२ करोड ३० लाख अमेरिकी डलर बराबरको अबचाद्वारा स्वीस बैंकमा राखिएको रकम २००७ मा फिर्ता  पठाइएको थियो । इन्डोनेशियाका पूर्वराष्ट्रपति मोहमद सुहार्तोले पनि ३० अर्ब डलरभन्दा बढीको सार्वजनिक सम्पत्ति चोरी गरेर विदेश पुर्‍याएको इतिहासमा अंकित छ । ३२ वर्ष शासन गरेका सुहार्तोलाई नाइजेरियाका सानी अबचालेभन्दा पनि बढी रकम अपचलन गरेको आरोप लागेको थियो । यति धेरै परिमाणमा त फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिन्यान्ड मार्कोसले गरेको वित्तीय अपराध जुन १० अर्ब डलर मानिन्छ भन्दा पनि बढी देखिन्छ । यसैले पनि होला ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २००४ को प्रतिवेदनमा विश्वका सबैभन्दा भ्रष्ट नेताहरूको सूचीको पहिलो नम्बरमा उनलाई राखिएको थियो । ८६ वर्षको उमेरमा सन् २००८ मा उनको मृत्यु भए पनि वृद्ध उमेरका कारण देखाएर उनीमाथि थप कुनै मुद्दा चलाइएन । विश्व बैंकका अनुसार सन् २०१० मा विश्वका विभिन्न बैंकमा राखिएका सुहार्तोका नामका करीब ३१ करोड डलर बराबरका सम्पत्ति इन्डोनेसिया फिर्ता गरिएको थियो । यी माथिका केही उदाहरणले कसरी शासकहरू भ्रष्टाचारमा लिप्त भएर देशको सम्पत्ति आफ्नो नाममा बाहिर लैजान्छन् र वित्तीय अपराध गर्छन् भन्ने कुरा दर्शाउँछन् । त्यति मात्र होइन, कसरी आफूले गरेको वित्तीय अपराधबाट शासन र शक्तिको आडमा उनीहरूले उन्मुक्ति पाउँछन् भन्ने पनि माथिका केही उदाहरणहरूले स्पष्ट गर्छन् ।  संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा वर्षेनि करीब २ खर्ब डलरभन्दा बढी रकमको वित्तीय अपराध हुने गरेको छ्र र एशिया प्यासिफिक क्षेत्रका वित्तीय संस्थाहरूले मात्र यस्तो अपराध नियन्त्रणका लागि सन् २०२३ मा ४५ अर्ब डलर खर्च गरेका छन् । यो खर्च गतवर्षको भन्दा ९८ प्रतिशतले बढी भएको कुरा लेक्सिस नेक्सिसले गतहप्ता मात्र सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको छ । यस्तो खर्च विशेष गरी प्रविधिका लागि र अतिरिक्त मानव संसाधनका लागि भएको कुरा पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यही विशाल राशिको लगानीले गर्दा पनि होला अहिले यस्ता कुनै पनि प्रकारका वित्तीय अपराधहरू लुकाउन नसकिने र अपराधीहरू कुनै न कुनै दिन सार्वजनिक हुन्छन् नै भन्ने तथ्य स्थापित भएको छ । माथि उल्लिखित वित्तीय अपराधका घटनाहरूले जतिसुकै उच्च प्रविधि, उपाय र माध्यमबाट गरे पनि वित्तीय अपराध सधैं गोप्य रहन सक्दैन र कुनै न कुनै दिन त्यो सतहमा उजागर हुन्छ भन्ने कुरा स्पष्ट पारेका छन् । पाब्लो एस्कोबरदेखि अल कोपेनसम्मका खप्पिस वित्तीय अपराधीहरू र अबचादेखि सुहार्तोसम्मका शासक अपराधीसम्मले पनि कुनै न कुनै दिन कानूनको कठघरामा उभिनैपर्छ र दण्डित हुनैपर्छ भन्ने पनि देखिएको छ । त्यसैले भनिन्छ– अपराधको बीउ केही समयका लागि पुरिए पनि त्यो कहिल्यै पनि मासिँदैन, त्यो कुनै न कुनै दिन अंकुरित भएरै छोड्छ । लेखक सम्पत्ति शुद्धीकरण अपराधसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।   

सम्बन्धित सामग्री

सुध्रेलान् त हाम्रा नेता ?

नेपालमा भने लोकतन्त्रका लागि दुःख, कष्ट भोगेकाहरूलाई सबै प्रकारका अपराध कर्म गर्न छूट छ। हाम्रो सन्दर्भको लोकतन्त्रमा यो लाग्दोरहेछ कि–लोकतन्त्र ल्याइदिने महान् व्यक्तित्वहरू दण्डित हुनै सक्दैनन्।...

प्रहरीदेखि नेतासम्मलाई प्रभावमा पारेर चिनियाँ नागरिकले गर्छन् अपराध कर्म

दावाको कनेक्सन पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसँगसमेत रहेको खुलेको छ ।

राजनीतिक नेतृत्व र सचिव सम्बन्ध

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका नेता अथवा सचिवबीच सम्बन्ध प्रायः राम्रो देखिँदैन । अपराध कर्म गर्ने मनसायले कुनै सचिवलाई मन्त्रीले आकर्षक मन्त्रालयमा भिœयाउने र आफूअनुकूल अनुचित कार्य गराउने गर्दछन् । हैसियत नभएका सचिवहरू प्रशासनिक मूल्य र मान्यताविपरीत परिचालित हुन्छन् । गलत कार्य सम्पादन गरेवापत कारबाहीमा पर्दछन् । यसको ज्वलन्त उदाहरण तत्कालीन गृह सचिव पाण्डे बनेका छ […] The post राजनीतिक नेतृत्व र सचिव सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साइबर अपराधबाट कसरी जोगिने ?

सामाजिक सञ्जाल अहिलेको संसारमा व्यक्तिहरूको लागि नभई नहुने कुरा भएको छ । वर्तमान समयमा कुनै पनि व्यक्ति यसको प्रयोगबाट वञ्चित छैन । विश्वका अधिकांश देशको डिजिटल युगमा सामाजिक सञ्जालको ठूलो योगदान छ । जसरी डिजिटल युगले फड्को मार्दैछ । त्यसै गरी अपराध कर्म पनि बढ्दै गएको छ । विश्वका अधिकांश साइबर अपराधमा सामाजिक सञ्जालको प्रयोग बढी भएको पाइन्छ ।उदाहरणको रुपमा एकजना युवतीलाई फेसबुकमार्फत् चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  ईलाम घर भइ राजधानीमा व्यवसाय गर्दै आएका अमन पाण्डे

टुनामुना लगाएर गर्भ तुहाउन लागेको भन्दै देवले गरे भाउजुको हत्या

जनकपुर, ३१ असोज । भाउजुले आफ्नी पत्नीको गर्भ तुहाउन टुनामुना लगाउन खोजेको अन्धविश्वासमा देवरको मनमा अपराध कर्म जाग्यो । उनले भाउजुको हत्या गरे । यो घटना महोत्तरीको मडैकामा भएको हो । जहाँ ४२ वर्षीय सञ्जय कुमार झाले आफू जतिकै उमेरकी भाउजुको हत्या गरे । २७ असोजमा झाले ४२ वर्षीया शिलादेवी झाको टाउकोमा हतौडा प्रहार गरी […]

‘पाथीभरा माता’को नाममा अनिल बम्जनकाे अपराध कर्म

घटनापछि पीडित पक्षले योजनाकार अनिल बमजनलाई उपस्थित गराउन पटक–पटक माग गर्दा प्रहरीले अटेर गरी दोषी बचाउन खोजेको आरोप पीडित पक्षको छ । यद्यपि प्रहरी वृत्त स्वयम्भू यस विषयमा बोल्न चाहेन ।

दार्चुला घटना : आरोपितसँगै घटनास्थलमा गृहको छानबिन टोली

धनगढी : दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो।एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरि

फैलँदो विश्वव्यापी वित्तीय अपराध

अहिले विश्वका अधिकांश देशका लागि ठगी, सम्पत्ति शुद्धीकरण, आर्थिक हिनामिना तथा भ्रष्टाचार, आतंकवादका लागि वित्तीय सिञ्चन तथा घूसखोरीजस्ता वित्तीय अपराधका फस्टाउँदो क्रियाकलापहरू गहन टाउको दुखाइको विषय भएको छ । वित्तीय अपराधको दुष्प्रभावहरू देशको आर्थिक क्षेत्रमा मात्र पर्ने नभई त्यसले समग्र सामाजिक रूपमा समेत नकारात्मक छाप पार्ने भएकाले पनि सबै देशका लागि यसको पहिचान र नियन्त्रण अनिवार्यजस्तै भएको छ । र, यस्तै अनिवार्यताले गर्दा अन्तरराष्ट्रिय रूपमा विभिन्न प्रकारका संयन्त्रहरू पनि विकास भएका छन् । ठूलो परिमाणमा एकातिर बैंकहरूले वित्तीय अपराधका लागि खर्च गरिरहेका छन् भने अर्कोतिर त्यही वित्तीय अपराध पहिचान र नियन्त्रण गर्ने संयन्त्रको ‘अपर्याप्ता’को कारण देखाउँदै नियामकहरूले तिनै बैंकहरूलाई उल्लेख्य मात्रामा जरीवानासमेत तिराएका छन् । सम्पत्ति शुद्धीकरण र आतंकवादका लागि हुने वित्तीय सिञ्चनलाई पहिचान र यथोचित रूपमा नियन्त्रण गर्न अवलम्बन गर्नुपर्ने उपायको खोजीका लागि विभिन्न देशहरूले आआफ्नो मुलुकमा गरेका जोखिम मूल्यांकनमा तथा अन्य अन्तरराष्ट्रिय संयन्त्रहरूले प्रतिपादन गरेका मापदण्डहरूमा समेत बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय अपराधका लागि ‘उच्च जोखिमयुक्त क्षेत्र’का रूपमा पहिचान गरिएको छ । यसै कारण वित्तीय अपराधको सन्दर्भमा विश्वभरि नै सबै देशहरूका सम्पूर्ण प्रयास तिनै बैंक तथा वित्तीय संस्थाहरूको ग्राहक तथा तिनले गर्ने कारोबार अनुगमनमा नै केन्द्रित हुँदै आएको देखिन्छ । यिनै विश्वव्यापी परिप्रेक्ष्यमा विश्वभरका बैंकहरू अहिले वित्तीय अपराध नियन्त्रणसम्बन्धी आफ्ना कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने अत्याधुनिक वित्तीय प्रविधि तथा विज्ञ मानव संसाधनमा ठूलो मात्रामा धन राशी खर्च गर्न बाध्यजस्तै भएका छन् । कानूनी अनुसन्धान तथा बैंकिङ जोखिमसम्बन्धी अध्ययन गर्ने विश्व प्रसिद्ध संस्था लेक्सिस नेक्सिसले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार विश्वभर गतवर्ष वित्तीय अपराध पहिचान तथा नियन्त्रण गर्ने पद्धति कार्यान्वयनका लागि मात्र बैंकहरूले १ खर्ब ८० अर्ब अमेरिकी डलरको हाराहारीमा खर्च गरेका छन् । यो खर्चमध्ये एशिया प्रशान्त क्षेत्र, मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूमा करीब सबा ७ अर्ब डलरजति मात्र खर्च भएको देखिएको छ भने सबैभन्दा बढी यूरोपमा १ खर्ब ३७ अर्ब डलर खर्च भएको पाइन्छ । अमेरिका तथा क्यानाडामा भएको ३१ अर्ब डलरजतिको रकम दक्षिण अमेरिकी मुलुकहरूमा भएको साढे ४ अर्ब डलर रकमको सापेक्षतामा कम नै मान्न सकिन्छ । ठूलो परिमाणमा एकातिर बैंकहरूले वित्तीय अपराधका लागि खर्च गरिरहेका छन् भने अर्कोतिर त्यही वित्तीय अपराध पहिचान र नियन्त्रण गर्ने संयन्त्रको ‘अपर्याप्ता’का कारण देखाउँदै नियामकहरूले तिनै बैंकहरूलाई उल्लेख्य मात्रामा जरीवानासमेत तिराएका छन् । विश्व प्रसिद्ध ‘फिनबोल्ड’ले हालै जारी गरेको बैंकहरूको जरीवानासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२० मा विश्वभरका बैंकहरूले करीब सवा १५ अर्ब डलर बराबरको नियामकीय जरीवाना तिरेका छन् । चाखलाग्दो कुरा के छ भने यो सम्पूर्ण जरीवाना रकमको ७३ प्रतिशत अमेरिकी बैंकहरूले मात्र तिरेका थिए । यसरी एकातिर वित्तीय अपराध पहिचान तथा नियन्त्रणका संयन्त्रहरूको विकास तथा तिनको प्रभावकारी कार्यान्वयनका लागि ठूलो परिमाणमा खर्च पनि गर्नुपर्ने र अर्कोतर्पm त्यही संयन्त्र ‘अपर्याप्त’ भएको आरोपमा तिनै बैंकहरूले उल्लेख्य परिमाणमा जरीवाना पनि तिर्नु परेपछि अहिले बैंकहरू वित्तीय अपराधका लागि कारक तत्त्व हुन् कि ती स्वयं वित्तीय अपराधका शिकार भइरहेका छन् भन्नेसम्मको बहस प्रारम्भ भएको छ । हुन पनि आजभोलि कुनै अपराधीले अपराध गर्‍यो र उसले कुनै वित्तीय संस्थामा कारोबार गरिरहेको रहेछ भने अपराधीभन्दा पहिले सम्बद्ध वित्तीय संस्थाले त्राहिमाम्को शिकार हुनुपर्ने अवस्था छ । कुनै वित्तीय अपराधीले बैंकका प्रक्रिया र प्रबन्धहरूलाई छलेर अपराध गर्न सफल भयो भने अपराधीले बेहोर्नुपर्ने आर्थिक क्षतिभन्दा कैयौं गुना बढी क्षति सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरूले बेहोर्नु परेका विश्वव्यापी उदाहरण धेरै पाइन्छन् । एक अर्थमा यस्तो परिस्थितिबाट अहिले विश्वभरि नै बैंकहरू प्रताडित भइरहेका छन् । यसै परिप्रेक्ष्यमा कतिपयले वित्तीय तथा अन्य अपराधको ‘कारक’ तत्त्वको रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई आक्षेप लगाउने गरेका छन् भने कतिपयले चाहिँ यसको मामिलामा राज्यले आफ्नो अक्षमता र जिम्मेवारीलाई बैंक तथा वित्तीय संस्थाहरूतर्फ स्थानान्तरण गरी यस्ता अपराधका लागि तिनलाई नै शिकार बनाइरहेका धारणा पनि व्यक्त गरेका छन् । हुन पनि कतिपय सन्दर्भमा बैंककै अस्तित्व समाप्त हुने गरी लगाइएका ठूलो परिमाणका आर्थिक जरीवानाहरूले यस्तै धारणालाई नै थप बल प्रदान गर्छ । कतिपय अवस्थामा बैंकहरूलाई एकाध घटना विशेषलाई समेत आधार बनाएर समग्र संयन्त्रको अपूर्णताको आरोपमा समेत जरीवाना गर्ने गरेको पाइन्छ । यदि विश्वभर नै पहिचान र नियन्त्रणका संयन्त्रहरू ‘परिपूर्ण’ हुन्थे भने न अमेरिकाको ट्विन टावरमाथि नै हमला हुनेथियो न त दक्षिण अमेरिकी मुलुकहरूले अमेरिकालाई आफ्नो अपराधलाई फस्टाउने थलोको रूपमा नै उपयोग गर्न सकेका हुन्थे । यस तथ्यप्रति सम्बद्ध सबैले सदैव मनन गर्नु जरुरी छ । आतंकवादका लागि समेत अहिले विश्वव्यापी रूपमा राज्यका सुरक्षालगायत अन्य सम्बद्ध निकायहरूभन्दा पनि पहिले बैंकहरूमाथि नै दोष थोपर्न सबैलाई सजिलो भएको झैं प्रतीत हुन्छ । हुन त बैंकहरू सोझै वित्तीय कारोबारसँग जोडिने भएकाले वित्तीय अपराध कर्म हुने थलो भनेको बैंक तथा वित्तीय संस्थाहरू नै हुन् । यस अर्थमा बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय अपराधका लागि कारकको रूपमा लिन नसकिने त होइन । तर, अपराध पहिचान तथा नियन्त्रण गर्ने मामलामा बैंकहरूका आफ्नै प्रकारका सीमाहरू हुन्छन् । यदि सबै प्रकारका अपराधहरू बैंकहरूबाट मात्र पहिचान तथा नियन्त्रण सम्भव हुने थियो भने त अपराध अनुसन्धान गर्ने राज्यका अन्य निकायहरूलाई बैंककै अभिन्न अंगको रूपमा स्थापित गरे भइहाल्थ्यो नि । निश्चय पनि कुनै पनि प्रकारका वित्तीय अपराध पहिचान तथा नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूले पर्याप्त मात्रामा नीतिगत तथा प्रक्रियागत संयन्त्र विकास गरी कार्यन्वयन गर्नु पर्दछ । यसमा विवाद गर्ने ठाउँ छैन । तर, माथि भनिए झैं सबै संयन्त्रहरू हुँदाहुँदै पनि अपराध हुन सक्छ र कुनै पनि संयन्त्र शतप्रतिशत दोषरहित हुन्छ भनेर बुझ्नु चाहिँ सर्वथा गलत हुनेछ । राज्यका अन्य कुनै निकायले जरीवाना तिर्नु नपर्ने तर हरेक घटनामा बैंकहरू मात्र जरीवानाको भागीदार भएका घटनाले गर्दा निश्चय पनि बैंकहरू वित्तीय अपराधका ‘कारक’भन्दा पनि तज्जन्य दुष्परिणामका लागि उल्लेख्य मात्रामा शिकार भइरहेका छन् भन्न सकिन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूलाई शिकार बनाउँदै जाने हो भने कालान्तरमा अन्तरराष्ट्रिय रूपमा नै बैंकिङ प्रणालीको अस्तित्वको स्वरूप कस्तो हुने हो– त्यो भने अहिले नै अनुमान गर्न सकिँदैन । लेखक बैंकर हुन् ।