जनकपुरधाम : सत्ता गठबन्धनबाट धनुषा ३ खबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले पाँच वर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर मधेश प्रदेशको हितका लागि आवाज उठाएको बताएका छन्। अबको समयमा पनि मतदाताहरूलाई भ्रममा पारेर कसैले चुनाव जित्न नसक्ने र वास्तविकतामा आफूले चुनाव जित्ने उनले दाबी गरे।साहले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन। मतदाताहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दुःखसुखमा काम लाग्ने नेतालाई छान्नुहुन्छ । निर्