प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

काठमाडौँ- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती नदीमा बुधबार प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोपसम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो। मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा अभ्यास सम्पन्न भएकाे थियाे। अभ्यासमा नम्बर २ छिन्न्मस्ता […]

सम्बन्धित सामग्री

प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धारको संयुक्त अभ्यास [फाेटाेफिचर]

बागमती नदीमा प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धार संयूक्त अभ्यास सम्पन्न भएको छ। बुधवार सर्लाही, रौतहट मक्वानपुर र सिन्धुलीको संगम नुनथरस्थित बागमती नदिमा मधेस प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न...

‘सडक मानव’ को अवस्था दयनीय

प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय मानव सेवा आश्रममा पालिकाले उद्धार गरेका करिब दुई सय सडक मानवले आश्रय लिइरहेका छन् । प्रदेश सरकारले सडक मानव व्यवस्थापनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर समन्वयकारी भूमिका अभावमा धनकुटा नगरपालिकामा यत्रतत्र पीडादायी अवस्थामा सडक मानव भेटिन्छन् ।

प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गरिने

विराटनगर । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमवार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ । सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सञ्चालन गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्णरूपमा आउन बाँकी रहेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के–के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाइसक्ने निर्णय भएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारका लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढीपहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्वाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय भएको छ । बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुनेगरी काम गर्न विपद् व्यवस्थापन समितिलाई सक्रिय हुन निर्देशन दिएका थिए । सोमवार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुख सहभागी थियो । बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणका विषयमा निकायगत रूपमा प्रस्तुति गरिएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध तथा सीमामा हुने चोरी, तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए । बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी, तस्करी नियन्त्रण जस्ता विषयमा जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने र रिपोर्टिङको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । रासस

काभ्रेमा प्रदेशस्तरीय आपतकालीन गोदाम घर

काभ्रेपलाञ्चोक – विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण […]

गण्डकी : प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राखिने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।  प्रदेशका जिल्लाहरूमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।

गण्डकी सरकारले विपद् कोषमा पाँच करोड राख्ने

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो। रासस

कांग्रेस नेता बजगाँईले मनाङबाट यसरी उद्धार गराए गोर्खाकी आशमायाको

गोर्खा। शनिवार कांग्रेसले देशभर निर्वाचन क्षेत्रको प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको थियो। देशैभर कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिएका थिए । आफ्नो निर्वाचन क्षेत्रका मतदाता नागिकहरुसँग केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका बारेमा बताइरहेका थिए ।

मधेस प्रदेशमा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा बुधबार मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।