गोर्खा। शनिवार कांग्रेसले देशभर निर्वाचन क्षेत्रको प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको थियो। देशैभर कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिएका थिए । आफ्नो निर्वाचन क्षेत्रका मतदाता नागिकहरुसँग केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका बारेमा बताइरहेका थिए ।