प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय मानव सेवा आश्रममा पालिकाले उद्धार गरेका करिब दुई सय सडक मानवले आश्रय लिइरहेका छन् । प्रदेश सरकारले सडक मानव व्यवस्थापनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर समन्वयकारी भूमिका अभावमा धनकुटा नगरपालिकामा यत्रतत्र पीडादायी अवस्थामा सडक मानव भेटिन्छन् ।