रुपन्देही – क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती क्षेत्र र वन क्षेत्रको पहिचान र वैज्ञानिक वर्गीकरण हुन नसक्दा मापदण्ड नै समस्याको मुख्य कारण बनिरहेको उनीहरू बताउँछन् । क्रसरसँग सम्बन्धित पदार्थका कारण विकासका आयोजनामा प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै वातावरणीय पक्षको अध्ययन गरी समस्या समाधानका लागि तत्काल प्रभाव...