तेह्रथुम जिल्ला सदरमुकामलगायत बजार केन्द्रहरुमा केही समय अघिसम्म म्याद गुज्रिएका सामग्री यत्रतत्र पाइने गरेको थियो । बजार अनुगमन नहुनु ग्राहकले म्याद गुज्रेको वस्तुमा ध्यान नपुर्याउँदा व्यवसायीले फाइदा लिने गरेका थिए ।तर, पछिल्लो समय जिल्ला प्रशासन तेह्रथुमको नेतृत्वमा बजारको नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरु न्युनिकरण हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुले बताए […]