अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही अगाडि आफ्नो व्यक्तिगत सम्बन्ध र विवाह लुकाउन सफल उनी फिल्मी असफलता भने लुकाउन असफल छिन् । केही समयअघि उनी अभिनित फिल्म ‘सिल्ली फो’ प्रदर्शनमा आएको थियो । प्रचार–प्रसारको अभावमा फिल्म हलमा