काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन