दूधमा प्रतिलिटर १० रूपैयाँ बढाउन केन्द्रलाई बागमती सरकारले दियो अल्टिमेटम

हेटौंडा : बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई १५ दिने अल्टिमेटम दिने निर्णय गरेको हो।बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले बुधबार सरोकारवालासँग बसेको बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन केन्द्र सरकारलाई १५ दिनको समय दिने निर्णय गरेको जानकारी दिए।उनका अनुसार केन