नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखे । विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानविन नगरी मूल्याङ्कन, छनौट र सिफारिसका कार्