खनाल नेपाल समुहले अध्यक्ष ओलीलाई दियो अन्तिम अल्टिमेटम, यस्तो छ चेतावनी

वैशाख २६, काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अन्तिम पटक अल्टिमेटम दिएका छन् । आज साँझ बसेको उक्त समुहको बैठकले भोलि २७ गते विहान ९ बजेभित्रमा सर्वोच्चको फैसलापछि गरिएका निर्णय फिर्ता लिन समय दिएको हो । अब पनि […]

सम्बन्धित सामग्री

समाजवादीकाे युवा संघमा खनाल-नेपाल गुट, समानान्तर भेलाकाे चेतावनी

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) निकट भातृ संगठन युवा संघमा विवाद देखिएको छ। संस्थापन पक्षले कहीँ कतै सल्लाह नगरी एक पक्षीय ढंगले केन्द्रीय सचिवालयको बैठक साउन ३२ र भाद्र १ गते तोकेर आफ्ना पक्षकालाई मात्र मोबाइलमा म्यासेज गरेको आरोप लागेसँगै नेपाल-खनाल पक्षको विवाद छरपस्ट भएको हो।खनाल पक्षले अध्यक्ष माधव नेपाल देश बाहिर भएको हुँदा विदेशबाट फर्किनु अगावै संगठन कब्जा गर्न खोजिएको नेपाल पक्षको आरोप छ।‘संगठन भित्रको बैठक, भेला बोलाउँदा यसका प्रक्रिया हुन्छ। संगठनको इन्चार्ज

खटाएको कार्यालयमा नजाने तीन अधिकृतलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले पदस्थापन गरिएको कार्यालयमा हाजिर नहुने तीन अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले चैत २ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, धनकुटामा पदस्थापन गरिएका शाखा अधिकृत अंकित मंग्राती, इलाका प्रशासन कार्यालय, नरैनापुर, बाँकेमा पदस्थापन गरिएका नारायण प्रसाद खनाल र जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएकी उर्मिला अधिकारीलाई खटिएको कार्यालयमा जान नआएमा निजामती […]

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज, सहभागी नहुन संस्थापनको चेतावनी

काठमाडौँ- नेकपा एमालेले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो । नेपाल-खनाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी […]

सर्वोच्च प्रकरण बल्झियो, एमाले विवाद झनै गुजुल्टियो

ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने चेतावनी दिएका छन् भने खनाल–नेपाल पक्षले रिटमाथिको सुनुवाइ अन्तिम चरणतिर पुगेकै वेला त्यसलाई प्रभावित पार्ने गरी हस्ताक्षर फिर्ता सम्भव नरहेको स्पष्ट...

सरकारलाई पूर्वप्रधानमन्त्रीहरूको चेतावनी : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं : पाँच पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्।शनिबार संयुक्त प्रेस वक्तब्य जारी गर्दै उनीहरुले प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको टिप्पणी गरेका छन्। यस्तो बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने

खनाल–नेपाललाई चार युवा नेताको पत्र– नयाँ राजनीतिक बाटो तय गरौं

माधव नेपाल पक्षधर नेकपा एमालेका चार प्रभावशाली नेताहरूले नयाँ राजनीतिक बाटो तय गर्न नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई सुझाव दिएका छन् । १९ गतेको मितिमा पठाइएको पत्रमा चार नेताहरूले ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी समेत दिएका छन् ।  एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले नेताद्वय खनाल र नेपाललाई सुझाव दिएका हुन्  ।  ९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले...

खनाल–नेपाल पक्षलाई पार्टीको मुल प्रवाहमा फर्किन एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरुलाई समानान्तर गतिविधि रोकेर पार्टीको मूल प्रवाहमा फर्किन आह्वान गरेको छ । शुक्रबार नेकपा(एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकले जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमीक्षा गर्दै पार्टीमा फर्किन आह्वान गरको हो ।बैठकले पार्टीमा विना पूर्वाग्रह स्वागत गर्ने, सम्मान पूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समानान्तर गतिविधि नरोकिए कारबाही गरिने पनि उनको चेतावनी थियो । बै