काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान भएका छन्।सडक विस्तार गर्दा साँघुरिएको फुटपाथमा नै बक्स राख्दा पैदल यात्रीलाई आवतजावत गर्दा समस्या भएको छ। बक्सका कारण फुटपाथमा एकजनाबाहेक हिँड्न मुस्किल पर्छ। एकभन्दा बढी भए सडकमा नै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको छ। सर्वसाध