खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ: पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताएका छन् । काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए । ‘हामीले जिटुजी र बिटुबी जुनसुकै […]

सम्बन्धित सामग्री

भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास

काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभएको छ । भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र थप खोप पनि छिट्टै उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसले अक्सिजन आपूर्ति साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने व...

व्यवसायिक घरानासहितको पहलमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना गरिने

जेठ १७, चितवन । नेपालका व्यवसायिक उच्च घरानाको पहल र  सामाजिक संस्थाको समन्वय र सहकार्यमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।  कोभिड भाइरसको रोकथाम र जोखिम कम गर्ने उद्धेश्यले निजी क्षेत्र र सामाजिक संस्थाको पहलमा अक्सिजन प्लान्ट गर्ने घोषणा गरिएको हो । सोमवार क्रियसन नामको गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल जुममार्फत गरिएको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।  १२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् । स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  सो अवसरमा बोल्दै सीसीएमसीका प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले निजी तथा सामाजिक संस्थाको अगुवाइमा प्लान्ट स्थापना गर्न लागिएको कार्यको प्रशंसा गरे । आगामी दिनमा यस अभियानमार्फत कोभिड विरुद्धको खोपका लागि पहल गर्न आग्रह गरे । खोप आयातका लागि सरकारका स्वास्थ्य सम्बन्धी निकायहरुको पूर्ण सहयोग रहने शर्माको भनाइ थियो ।  अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अर्गनाइजेशन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो ।  स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अक्सिजन फोर नेपालका साथै अरु गैरसरकारी संस्था  र निजी कम्पनीसँग संलग्न भएर महामारीको बेलामा नेपाली जनतालाई राहत दिन १० ओटा अक्सिजन प्लान्ट दिन लागिएको बताए ।   उक्त अभियानमाथि प्रकाश पार्दै क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सानो हातेमालोबाट शुरु भएको यो अभियानले आँटेजत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको बताए । सरकारी निकायको मुख ताकेर मात्र समस्या समाधा नहुने भन्दै उनले निजी साझेदारीमा ठोस परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए ।  एसएनएस ग्रुपका अध्यक्ष  सन्जय कुमार चौधरीले यी अक्सिजन जेनेरेटरहरु पेरिसबाट काठमाडौं विशेष फ्रेटर एयरक्राफ्टले एयर–लिफ्ट गर्ने र काठमाडौं ल्याएको ४८ घण्टामा सबै स्थानमा जोड्न सकिने बताए । चौधरीका अनुसार सबै प्रदेशमा अपनत्व हुनेगरी १०  ओटा मध्ये दुई ओटा युनिट नेपालको सुदूरपश्चिममा पुर्‍याउने योजना छ, एक युनिट सेती अस्पताल धनगढी र अर्को युनिट गोकुले, दार्चुलामा स्थापना गरिनेछ । यी ठूला प्रयासहरु सुदूरपश्चिममा अन्य साझेदार संस्थाहरूसँग मिलेर हुमानिटी फाउण्डेशन नेपालको नेतृत्वमा गरिएको हो ।   फ्रान्सबाट १० ओटा अक्सिजन जेनेरेटर खरीद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ ।नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

‘कोरोना खाेपको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोजको व्यवस्था गर्छाैँ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसविरुद्धकाे पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खाेप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताउनुभयो । अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो । यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान...

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप […]

खोप खरिद पहिलो प्राथमिकता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शøयाको आइसोलेसन केन्द्रको शुक्रबार उहाँले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रम

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउँदै कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको जानकारी दिनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै …

कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता  रहेकाले

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्। खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र व्याजमा सहुलितय दिने व्यवस्था हुनुपर्ने लगायतका माग रहेका छन्।

खोप र अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई दवाब दिन्छौं: देउवा

‘अक्सिजन प्लान्ट स्थापना गर्ने काम सरकारको प्राथमिकतामा परेको छैन,’ उनले भने, ‘अस्पतालमा भेन्टिलेटर व्यवस्थापन गर्न र खोप ल्याउन दवाब दिनुपर्छ।’