‘कोरोना खाेपको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोजको व्यवस्था गर्छाैँ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसविरुद्धकाे पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खाेप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताउनुभयो । अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो । यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान...