भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास

काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभएको छ । भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र थप खोप पनि छिट्टै उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसले अक्सिजन आपूर्ति साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने व...

सम्बन्धित सामग्री

भारतले कोभिसिल्ड उपलब्ध गराउने, चीनले १० लाख डोज खोप अनुदानमा दिने

काठमाण्डौ – भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा अर्को हप्तादेखि खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त हुन बाँकी छ भने थप खरिदका लागि समेत प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसैबीच चीनले नेपाललाई कोरोनाभाइरस विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । नेपालका लागि &nbs...

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् । सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए । ‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने । आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए ।

चीनबाट आयातित  युरिया मल नेपाल भित्रियाे

कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो ।          कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो ।

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी... The post पत्रकारलाई सोमबारदेखि खोप appeared first on Purbeli News.

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।