उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को शुभारम्भ गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शøयाको आइसोलेसन केन्द्रको शुक्रबार उहाँले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।