बसुन्धारामा सेनाले बनाएको ८८ शैय्याको ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ सञ्चालन

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन्। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन्। कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको…

सम्बन्धित सामग्री

रोल्पामा मापदण्ड विपरितका आइसोलेशन कक्ष सञ्चालनमा

असार ६, रोल्पा । केही दिनअघि डाक्टर सहितको एक टोलीले अनुगमन गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा मापदण्ड विपरित आइसोलेशन कक्ष सञ्चालन गरेको पाइएको छ । स्थानीय तहले चिकित्सक विनै आइसोलेशन सञ्चालन गरेको, संक्रमितलाई कुन बेलामा कस्तो औषधि चलाउने, अक्सिजन कहिले लगाउने र कुन अवस्थामा रिफर गर्ने जस्ता सामान्य तालिम समेत नदिएरै स्वास्थ्यकर्मीलाई आइसोलेशनको जिम्मा दिएको पाइएको हो ।  रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार ओली सहितको अनुगमन टोलीले अनुगमन गर्दा आइसोलेशनले संक्रमितको उपचार भन्दा पनि थप समस्या निम्ताउने गरेको रोल्पा अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताए । ‘यो त एउटा उदाहरण मात्र हो’ डाँगीले भने ‘रोल्पाका अधिकांश स्थानीय तहले मापदण्ड नपुर्‍याएरै आइसोलेशन सञ्चालन गर्दा संक्रमितको उपचारमा समस्या भएको छ ।’ मापदण्ड विपरित सञ्चालनमा आएका आइसोलेशनमा धेरै बेर होल्ड गरेर संक्रमितहरुमा गम्भीर समस्या आएपछि मात्र अस्पताल रिफर गर्दा कतिपयको ज्यानै समेत गएको अस्पतालको भनाइ छ ।  रोल्पा अस्पतालका सूचना अधिकारी समेत रहेका सिनियर अहेब डाँगीले भने ‘स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनले समयमै रिफर गरेको भए ति संक्रमितहरुको ज्यान बच्न सक्थ्यो ।’  रोल्पामा हाल ४३१ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको दोस्रो लहर आएदेखि रोल्पामा १८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।...

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको आइसोलेशन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहितको २० शय्याको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको ५/५ लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ । निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईओटा एचडीयू शøया भएको आइसोलेशन कक्षका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट पाइपमार्फत सीधै अक्सिजन आपूर्ति हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरू गरिन्छ ।’ प्रदेश सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । आइसोलेशनमा दशओटा विद्युतीय शय्या जडान गरिएको छ । साथै गतवर्ष शैक्षिक तालीम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।  कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै आइसोलेशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुने बताइएको छ । यसअघि आकस्मिक र अन्तरंग कक्ष (बिरामी वार्ड)का साथै बरण्डामा शøया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ । आइसोलेशनमा बुधवारसम्ममा १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायत सेवालाई प्रभावित हुन दिइएको छैन । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करीब १०० शøया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

गौशालामा कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौंको गौशालामा ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, तर यो लडाइँ सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको उनले बताए । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।     सातओटै प्रदेशमा सात र काठमाडौंमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । रासस

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् ।स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र संचालन गर्ने […]

काठमाण्डाैका ठूला भवनलाई आइसोलेशन केन्द्र बनाइने

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डाैमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना सङ्क्रमितको उपचार प्रभावकारी बनाइने बताउनुभएको छ । काठमाण्डाैकाे बसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मङ्गलवार (आज) निरीक्षण गर्दै कोभिङ–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले  मुख्यसचिव डा. शङ्करदास वैरागी र काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र सञ्चा...

काठमाडौंका ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले  मुख्यसचिव डा.शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई  आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलि