व्यवसायिक घरानासहितको पहलमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना गरिने

जेठ १७, चितवन । नेपालका व्यवसायिक उच्च घरानाको पहल र  सामाजिक संस्थाको समन्वय र सहकार्यमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।  कोभिड भाइरसको रोकथाम र जोखिम कम गर्ने उद्धेश्यले निजी क्षेत्र र सामाजिक संस्थाको पहलमा अक्सिजन प्लान्ट गर्ने घोषणा गरिएको हो । सोमवार क्रियसन नामको गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल जुममार्फत गरिएको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।  १२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् । स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  सो अवसरमा बोल्दै सीसीएमसीका प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले निजी तथा सामाजिक संस्थाको अगुवाइमा प्लान्ट स्थापना गर्न लागिएको कार्यको प्रशंसा गरे । आगामी दिनमा यस अभियानमार्फत कोभिड विरुद्धको खोपका लागि पहल गर्न आग्रह गरे । खोप आयातका लागि सरकारका स्वास्थ्य सम्बन्धी निकायहरुको पूर्ण सहयोग रहने शर्माको भनाइ थियो ।  अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अर्गनाइजेशन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो ।  स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अक्सिजन फोर नेपालका साथै अरु गैरसरकारी संस्था  र निजी कम्पनीसँग संलग्न भएर महामारीको बेलामा नेपाली जनतालाई राहत दिन १० ओटा अक्सिजन प्लान्ट दिन लागिएको बताए ।   उक्त अभियानमाथि प्रकाश पार्दै क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सानो हातेमालोबाट शुरु भएको यो अभियानले आँटेजत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको बताए । सरकारी निकायको मुख ताकेर मात्र समस्या समाधा नहुने भन्दै उनले निजी साझेदारीमा ठोस परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए ।  एसएनएस ग्रुपका अध्यक्ष  सन्जय कुमार चौधरीले यी अक्सिजन जेनेरेटरहरु पेरिसबाट काठमाडौं विशेष फ्रेटर एयरक्राफ्टले एयर–लिफ्ट गर्ने र काठमाडौं ल्याएको ४८ घण्टामा सबै स्थानमा जोड्न सकिने बताए । चौधरीका अनुसार सबै प्रदेशमा अपनत्व हुनेगरी १०  ओटा मध्ये दुई ओटा युनिट नेपालको सुदूरपश्चिममा पुर्‍याउने योजना छ, एक युनिट सेती अस्पताल धनगढी र अर्को युनिट गोकुले, दार्चुलामा स्थापना गरिनेछ । यी ठूला प्रयासहरु सुदूरपश्चिममा अन्य साझेदार संस्थाहरूसँग मिलेर हुमानिटी फाउण्डेशन नेपालको नेतृत्वमा गरिएको हो ।   फ्रान्सबाट १० ओटा अक्सिजन जेनेरेटर खरीद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ ।नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।...

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।

सोना सिमेन्टमा उद्योग अक्सिजन प्लान्ट स्थापना

दाङको तुलसीपुरस्थित सोनापुर सिमेन्ट प्रा.लि.ले आफ्नो उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।

सोनापुर सिमेन्ट उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना

भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने

स्थानीय तहको साझेदारीमा दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड–१९ का बिरामीलाई देशभर अक्सिजनको अभाव भएका समाचार आइरहेका बेला स्थानीयस्तरमै छुट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक वासुदेव […]