दाङ – २०७४ माघ ५ गते मलेसियाबाट शोभाराम पराजुलीले श्रीमती लक्ष्मीलाई २५ हजार रुपैयाँ पैसा पठाइदिनुभयो । पैसा हातमा परेपछि खबर गर्न फोन लगाउनुभयो । घण्टी गयो तर उठेन ।
एक दुई पटकसम्म फोन नउठ्दा लक्ष्मीलाई लाग्यो श्रीमान् काममा व्यस्त होलान् । तर यो क्रम निरन्तर सात दिनसम्म चल्यो । यताबाट लक्ष्मीले फोन गरिरहनुभयो । घण्टी पनि गयो । तर फोन उठेन । तर सात दिनपछि भने शोभारामको फोन अफ भयो ।
‘पैसा पठाएको छु, पैसा निकाल्नु भनेर उतैबाट बिहानै फोन गर्नुभयो, गएर पैसा निकालेँ, घर आउनसाथ फोन लगाएको घण्टी...