कृषकले खेतीपाती थन्क्याएका छन् । मौसम पारिलो छ । चौरमा बसेर बदाम र सुन्तला खाँदै मनपर्ने कलाकारलाई सुन्न पोखराका स्थानीयले मेला–महोत्सव रोज्छन् । दसैं–तिहार सकिएर हिउँद लागेपछि पोखरामा एकपछि अर्को मेला–महोत्सव हुन्छन् । कोरोना महामारीका बेला रोकिएका यस्ता मेला–महोत्सवले यस वर्षदेखि निरन्तरता पाएका छन् ।