जब राजुले अमिताभकाे नक्कल गरेर ५० रुपैयाँ पाए...

एकदिन स्कुलमा एउटा साथीको वरिपरी अरू साथीले घेरा हालेर हाँसिरहेका थिए। बिचको साथीले अनौठो आवाजमा विभिन्न डायलग बोलिरहेको राजुले देखे। उनलाई हाँसो लागेन अरु त्यसमा रमाएको देखेर अचम्म चाहिँ लाग्यो। राजुले त्यो साथीलाई यति धेरै कुरा कसरी सम्झ्यौ? कहाँबाट जान्यौ? भनेर सोधे। त्यसपछि त्यो साथीले यो सोलेको गब्बरले बोल्ने डाइलग हो भन्यो। त्यतिबेलासम्म उनलाई फिल्मको बारेमा केही थाहा थिएन। घरमा फिल्म त परको कुरा रोमान्टिक गीत सुन्न समेत डराउनु पर्थ्यो। राजुले थोरै थोरै पैसा जम्मा गरेर एकदिन लुकि