सोलुखुम्बु : पुस महिना। साँझको समय। तापक्रम ३ डिग्री सेल्सियस। हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५ : ३० बजेतिर नै बन्द हुनुका साथै सडकमा मानिसको चहलपहल ह्वात्तै घट्छ।अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकाको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति ८ बजे सम्म सेवा प्रवाह हुन्छ।नेपालको सरकारी सेवा अन्तर्गतका कार्यालयीय समय बिहान १० बजे देखि ४ बजेसम्म हो। अधिकांश सरकारी कार्यालयका कर्मचारी